आज फेरि प्रधानमन्त्री ओली अस्पताल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् ।
आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीलाई डाक्टरहरुले मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नका लागि आज अस्पताल बोलाएका थिए ।
गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि उनी नियमित डाक्टरहरुको नियमित निगरानीमा रहँदै अएका छन् । आज उनको नियमित जाँच गराइनुका साथै नियमित जाँच हुने बालुवाटार स्रोतले जनाएको छ ।
१३ गते उपचारपछि फर्केपछि उनलाई डायलासिस भने गर्नुपरेको छैन । प्रधानमन्त्री ओलीले यदी नियममित डायलासिस गर्ने अवस्थाको विकल्पका लागि मिर्गौला फेर्ने मनस्थितीमा रहेका छन् । त्यस विषयमा उनले आफू निकट व्यक्ति एवं डाक्टरहरुसँग परामर्श लिइरहेका छन् ।
उनले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा पनि बुझिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसनिम्ति उनका निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाह अमेरिका पुगेर फर्किसकेकी छिन् ।
प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । त्यसपछि उनले नियमित रुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आउनुभएको छ । सोही उपाचारका क्रममा उनले गत साउनमा र भदौमा सिंगापुरकोको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ उनले शरीरमा रहेको एन्टिबडीलाई नष्ट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)