मधेसी र पहाडीया अतिवाद नरोके ठूलो दुर्घटना हुन्छ : प्रचण्ड
काठमाडौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकबाट दुई किसिमका अतिवादी राष्ट्रबाद नरोके मुलुक फाँसिवादतर्फ जाने भन्दै त्यसका लागि सबै सर्तक रहुनपर्ने बताएका छन् ।
भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)को दोस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेसी अतिवादी राष्ट्रवाद र पहाडिया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दुवै किसिमका राष्ट्रवाद मुलुकका लागि खतरनाक भएको भन्दै तयसलाई रोक्न जरुरी भएको धारणा राखे । ‘यो देशमा दुईवटा अतिवादी राष्ट्रवाद छन् र पहाडीया अतिवाद राष्ट्रवाद र मधेसी अतिवादी राष्ट्रवाद यी दुवै रोकेर सबैको एकतासहितको राष्ट्रवाद कायम गर्न जरुरी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्छ ।’ तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्तत्वगत्वा फाँसिवादमा पुगिने उनको भनाइ छ ।
फरक प्रशंगमा प्रचण्डले माओवादी कमजोर भए अहिलेको परिवर्तन नै उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । उनले भने, ‘वाइसियल पुनर्गठित जनमुक्ति सेना हो । हतियारमा निपुर्ण, दुःख गर्न सक्ने, युद्धलाई शान्तिमा बदल्न सक्ने शक्ति यो हो ।’
आफ्नो पार्टीको अनितम लक्ष्य समाजवाद नै भएको भन्दै प्रचण्डले समृद्धिको बिग्रेड बन्न सकेमात्र समाजवादमा जान सहज हुने बताए । अवको परिवर्तन सात साल र १७ सालको जस्तो नउल्टने भन्दै उनले यसलाई व्यवस्थापन भने जरुरी रहेको बताए ।
पहिलो संविधानसभाअघि मधेस पूरै माओवादीमय भएपनि दोस्रो संविधानसभासम्म त्यसलाई बचाउन नसकिएको प्रचण्डको स्वीकारोक्ति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण