बाइकको ‘लुकिङ ग्लास’ दुरुस्त नभए ट्राफिक कारवाही
काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल (बाइक) को ‘लुकिङ ग्लास’ (पछाडिको दृष्य देखिने ऐना) भए–नभएको बारेमा निगरानी गर्न थालेको छ ।
खासगरी युवा वर्गले आफ्नो बाइकमा लुकिङ्ग ग्लास नराख्ने, राखेमा पनि सानो राख्ने, फोल्ड गर्ने प्रवृत्ति बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले निगरानी तथा कारवाही प्रक्रिया थालेको हो ।
महाशाखाले आइतबार सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका विभिन्न किसिमका मोटरसाइकलमा आफूखुशी लुकिङ्ग ग्लास हटाएको तथा स्वरुप परिवर्तन गरेका कारण चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा मोटरसाइकल दुर्घटना बढ्दै गइरहेको देखिएको जनाएको छ ।
जसबाट हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक प्रहरी महाशाखाले कात्तिक ३० गतेदेखि लुकिङ्ग ग्लास फोल्ड गर्ने, नराख्ने तथा लुकिङ्ग ग्लासबाट दायाँबायाँ नदेखिने गरी राख्ने मोटरसाइकल चालक उपर कारवाही अभियान संचालन भएको महाशाखाले जनाएको छ ।
अभियान सुरु भएको पहिलो दिन शनिबार विभिन्न प्रकारका ३४५ मोटरसाइकललाई कारवाही गरिएको महाशाखाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण