‘म्याडम म्याडम’ मा श्रृष्टिको आइटम
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ पनि आइटमा देखिएकी छन् । उनले फिल्म ‘माछा माछा’ को गीत ‘म्याडम म्याडम’ मा आइटम नृत्य गरेकी हुन् । गीतमा श्रृष्टिसँग अभिनेता सौगात मल्लले समेत ठुम्का लगाएका छन् । यी दुवैका अलवा गीतमा विजय बराल र अनोज पाण्डे पनि देखिएका छन् । गीतका गायक तथा संगीतकार अनुपम शर्मा हुन् ।
निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो । २० मंसिरबाट प्रदर्शनमा आउने ‘माछा माछा’ क्राइम तथा कमेडी जनरामा निर्माण भएको कार्यक्रममा जानकारी दिइयो ।
फिल्ममा सौगात, विजय र अनोजका अलावा माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतको अभिनय समेटिएको छ ।
फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । सुनिलको यो निर्देशनमा डेब्यू फिल्म हो । रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको फिल्म सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा तयार भएको हो ।
‘माछा माछा’ को सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी रहेको फिल्ममा अभिनेता दयाहाङ राइले समेत अतिथी भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण