अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
सारांश
- बङ्गलादेशमा सम्पन्न १० औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने दिया तामाङ र दीक्षा तामाङलाई एक्सटेप नेपालले सम्मान गरेको छ।
- सोही अवसरमा राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरियो।
- दियाले क्याडेट महिला ६१ केजीमुनि र दीक्षाले चिल्ड्रेन ३५ केजीमुनि स्वर्ण पदक जितेका थिए।
काठमाडौँ । बङ्गलादेशको ढाकामा सम्पन्न १० औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सहोदर दिदीबहिनी दिया तामाङ र दीक्षा तामाङलाई एक्सटेप नेपालले शनिबार सम्मान गरेको छ।
परिवारको उपस्थितिमा एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले चक्रपथस्थित एक्सटेपको सोरुममा उनीहरूलाई प्रशंसा पत्र र गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेका हुन्। सोही अवसरमा करातेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पदक दिलाएका राष्ट्रिय कराते टोलीका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
जुलाई १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगितामा दियाले क्याडेट महिला ६१ केजीमुनि र दीक्षाले चिल्ड्रेन ३५ केजीमुनि स्वर्ण जितेका थिए। दियाले श्रीलङ्कामा भएको उक्त प्रतियोगिताको नवौँ संस्करणमा रजत जितेकी थिइन्।
त्यस्तै थाइल्यान्डमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा दियाले १ कांस्य तथा दीक्षाले २ कांस्य जितेका थिए। जापानमा भएको अन्तर्राष्ट्रिय करातेमा पनि प्रतिस्पर्धा गरेकी दियाले कांस्य जितेकी थिइन्।
प्रबन्ध निर्देशक श्रेष्ठले पदक विजेतालाई एक्सटेपको तर्फबाट सम्मान गर्न पाउनु गर्वको विषय भएको बताउँदै आगामी दिनमा अझ सफलताका लागि शुभकामना दिएका छन्।
प्रशिक्षक श्रेष्ठले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै एक्सटेपले खेलकुदसँगको सम्बन्धलाई अझ फराकिलो बनाउन आग्रह गरेका छन्।
दियाले बुबा दावाकै सक्रियताका कारण सानै उमेरदेखि करातेमा लागेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउँदै पदक जित्न सफल भएको बताएकी छन्। कराते पृष्ठभूमिका दियाका बुबा दावा हाल अल्ट्रा र ट्रेल रनर हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण