प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाद्वारा औपचारिक रुपमा जिम्मेवारी बहन
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाले आजबाट औपचारिक रुपमा जिम्मेवारी बहन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापा शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए ।
मंगलबार औपचारिक रुपमा जिम्मेवारी बहन गर्दै उनले सबै पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन् । थापाका विभिन्न पुस्तकसमेत प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण