आ–आफ्नो सवारी साधनमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न आह्वान
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर अनिवार्य रुपमा आफ्ना सवारी साधन टाँस्न सबै यातायात व्यवसायीहरुलाई आग्रह गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे ।
उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्तसम्हारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका संचालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो ।
महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्नेतर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
तर त्यसका लागि सरकारले सडकको उचित व्यवस्थापन गनुपर्ने उनको भनाई छ । सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताए ।
महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधानको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण