वीरगन्जमा काँग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट
काठमाडौँ । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।
बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच कुटाकुट भएको हो ।
नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले रातोपाटीलाई जानकारी दिए ।
नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए ।
उनले भने, ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो ।’
कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।
यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको रातोपाटीलाई प्रतिक्रिया दिए ।
उनले भने, ‘जनप्रतिनिधिले जे पायो त्यही बोल्न मिल्छ ? गालि गलोजमा उत्रिएपछि लफडा भएको हो । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गबाट हुन्डीको करिब एक करोड रकमसहित दुई जना पक्राउ
-
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ
-
चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज
-
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
-
काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित