वीरगन्जमा काँग्रेस सांसद र नगर सभापतिबीच कुटाकुट
काठमाडौँ । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ ।
बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच कुटाकुट भएको हो ।
नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले विरोध गर्दा नगर सभापति हातपातमा उत्रिएको शर्माले रातोपाटीलाई जानकारी दिए ।
नगर सभागृहबाट नगरपालिकालाई वर्षको दुई लाख दिने गरेको र एउटा विवाहबाट ५ लाखबढी उठाउने गरेको शर्माको बताए ।
उनले भने, ‘जनप्रतिनिधिका रुपमा मैले त्यसको विरोध गर्दै आएको थिएँ । आज विहान नगर सभापतिले २०–२२ जनासहित ममाथि आक्रमण गर्नु भयो । त्यसको प्रतिकार गर्दा लफडा भएको हो ।’
कलवारको बदमासीबारे यसअघि नै पार्टी सभापति समेतललाई जानकारी गराएको सांसद शर्माले बताए ।
यता काँग्रेस नगर सभापति कलवारले भने आफूलाई तल्लो स्तरको गाली गरेपछि सहन नसकेर लफडा भएको रातोपाटीलाई प्रतिक्रिया दिए ।
उनले भने, ‘जनप्रतिनिधिले जे पायो त्यही बोल्न मिल्छ ? गालि गलोजमा उत्रिएपछि लफडा भएको हो । उनको टाउको र नाकमा चोट लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण