नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन
मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्रीले यसबारे प्रधानमन्त्रीले यसअघि नै संकेत गरिसकेको भन्दै छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुने पनि बताए ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका दिए ।
ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए ।
ओलीको सोही संकेतअनुसार बुधबारको सचिवालय बैठकले नयाँ चयनबारे निर्णय लिने अपेक्षा गरिएपनि करीब ३ घण्टा बसेको बैठक यो विषयमा कुनै निर्णय नगरी सकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
