प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल पुनर्गठन, भोलि सपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेको रातोपाटीलाई बताए । तर मन्त्रिमण्डलमा क–कसलाई समेटिएको हो भन्नेचाहिँ उनले खुलाएनन् ।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाउनु भएको छ, भोलि सपथ तय भएको छ’, को–को मन्त्री भएको भन्नेचाहिँ मलाई जानकारीमा आइसकेको छैन ।
नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टा लामो बैठक बसेको थियो ।
बैठकमा सचिवालका सदस्यहरुको सुझावको आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले मन्त्रीहरुको नाम टुंगो लगाएको बताइएको छ ।
मंगलबार नै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले बुधबार आफू मन्त्रिमण्डल पुनर्गठनको तयारीमा रहेको भन्दै यो मन्त्रिपरिषद्को अन्तिम बैठक भएको र बैठकमा सहभागी मन्त्रीहरुलाई धन्यवाद समेत दिएका थिए ।
सोही योजनाअनुसार प्रधानमन्त्रीले साँझसम्म सहमति जुटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
