चर्चित बलिउड अभिनेत्री शबाना आजमीकी आमाको निधन
शनिबार, ०७ मङ्सिर २०७६, १० : ३०
एजेन्सी । चर्चित अभिनेत्री शबाना आजमीको आमा शौकत आजमीको मुम्बईमा निधन भएको छ । उनी ९३ वर्षकी थिइन् ।
स्वास्थ स्थिति बिग्रिएपछि शौकतलाई अस्पताल भर्ना गरिएको थियो । मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आईसीयूमा केही दिन रहेपछि उनको हिजो राति निधन भयो ।
उर्दूका चर्चित शायर तथा फिल्मी गितकार कैफी आजमी उनका श्रीमान थिए ।
कैफीको मृत्युपछि उनले ‘कैफी ओर मैं (कैफी र म)’ आत्मकथा लेखेकी थिइन् । त्यसको नाट्य रुपान्तरण पनि गरिएको थियो ।
शौकत आजमीले रंगमंच र फिल्ममा अभिनय गरेकी थिइन् । उनले कयैन फिल्ममा निभाएको भूमिकाको प्रशंसा भएको छ । त्यसमा अमराव जान र सलमान बम्बेजस्ता फिल्म पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण