डोनाल्ड ट्रम्पको दाबीः 'म नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुनेथियो'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङ ध्वस्त हुनबाट आफूले बचाएको दाबी गरेका छन् । उनले चीनका राष्ट्रपति सि जिङ पिङको लोकतन्त्र समर्थकले गरेको आन्दोलन दबाउन सैनिक पठाउने निर्णयलाई रोक्नाले हङकङ ध्वस्त हुनबाट बचाएको बताएका हुन् ।
ट्रम्पले आफू नभएको भए १४ मिनेटमै हङकङ ध्वस्त हुने भन्दै राष्ट्रपति सीलाई आन्दोलनकारीमाथि दमन गर्न सैनिक पठाउन नदिएको दाबी गरेका छन् ।
यद्यपि, अमेरिकी संसदमा हङकङमा जारी लोकतन्त्र समर्थकको पक्षमा बिल पेश गरिएको थियो । उक्त बिलमा कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्रीवादीहरुको पक्षमा वकालन गर्ने र मित्र सीको पक्षमा पनि कुराकानी गर्ने बताएका थिए ।
ट्रम्पले भने,‘सी जिङपिङले हङकङभन्दा बाहिर लाखौँ सैनिक तैनाथ गरेर राखेका छन् । तर उनीहरु भित्र छिर्दैनन् किनकी मैले त्यस्तो गर्नबाट रोकेको छु । त्यस्तो गर्नु ठूलो भूल हुनेछ । यसबाट व्यापार सम्झौतामा निकै ठूलो असर पुग्नेछ ।’
अमेरिकी संसदमा हङकङलाई लिएर बिल पास
अमेरिकी संसदमा हङकङ मानवअधिकार र लोकतन्त्र नियम पारित गरिएको छ । यसमा ट्रम्पले हस्ताक्षर गर्न बाँकी रहेको स्रोतले बताएको छ ।
पछिल्लो ६ महिनादेखि हङकङमा लोकतन्त्र समर्थकहरुले सरकारको विरोध गर्दै आन्दोलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण