श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै मुख्य चुनौती : मन्त्री भुसाल
बुटवल । संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सरकारको नीति, कार्यक्रम र बजेटले गरेको अपेक्षा र खोजेको परिणाम हासिल गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
उनले धेरै ठूला कुरा गर्नुको अर्थ नहुने भएकाले व्यवहारिक पक्ष हेर्नुपर्ने बताए । सपथग्रहण गरेको दुई दिनमै गृह जिल्ला रुपन्देही आएका मन्त्री भुसालले शनिबार लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरले गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा मुलुकमा गुजारा श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै मुख्य कुरा रहेको बताए ।
उनले कृषि मन्त्रालय काम गर्नका लागि उपयुक्त मन्त्रालय भए पनि यसमा ऐतिहासिक समस्या रहेको बताए । ‘२०३६ सालदेखि मैले नै भाषण गर्दै आएको छु, सरकार छ, राजा छ, पञ्चायत छ, कीर्तिमानी राजा छ तर जनताले किन मल पाउँदैनन् ? जनताले खेती गर्ने बेलामा किन मल पाउँदैनन् ? म आफैँ भाषण गर्दै आएको छु,’ उनले भने ।
प्रधानमन्त्रीले आफूलाई कृषि मन्त्रालय प्रस्ताव गरेको जानकारी दिँदै उनले भने, ‘कृषि हाम्रो प्राथमिक क्षेत्र भएकोले म कृषि मन्त्री बनेँ, कृषिको समस्या समाधान गर्नुपर्छ ।’
टुक्रिएको भूमि र भूस्वामित्व भएको ठाउँमा खासगरी सहकारीको धेरै महत्व रहेको उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्यसमेत रहेका भुसालले परम्परागत गुजारामा चलेको कृषि/श्रमलाई उद्यममा ल्याउन र बढी प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताए ।
मल बिउको समस्या समाधान गर्न जतिसक्दो छिटो प्रक्रिया बनाएर समाधान गर्न सकिने जनाउँदै उनले यसबारे एक महिनासम्म आफूलाई थप नसोध्न आग्रह गरे । यसबारे आफुले प्रधानमन्त्रीसँग कुरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।
भारतले नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेकाबारे पत्रकारको जिज्ञासामा भुसालले कुनै पनि राष्ट्रले बहुपक्षीय विवाद युद्धले समाधान गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण