पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु
शनिबार, ०७ मङ्सिर २०७६, २० : ३०
पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा आज दुई जना बालकको ज्यान गएको छ ।
दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १ बस्दैआएका १२ वर्षीय निश्चल चेम्जोङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय कुमार पण्डितले जानकारी दिए ।
उनका अनुसार पुल निर्माणका क्रममा खोलाभित्र इक्साभेटरले खनेको दहमा पौडी खेल्दा दुवै बालकको घटनास्थलमा मृत्युभएको थियो । बालक साथीसँग पौडी खेल्न गएका प्रहरीको भनाइ छ । प्रहरीले बालकको शव परीक्षणका लागि परिवारलाई जिम्मा लगाइ घटनाको सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रनाउ पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण