सरकार पुनर्गठनका सम्बन्धमा उपेन्द्र यादव असन्तुष्ट
काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकारले मन्त्रिमण्डल पुनर्गठन गर्दा आफ्नो पार्टीलाई बेवास्ता गरेको आरोप लगाएका छन् । शनिबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी सत्ता साझेदार दल भएकोले मन्त्रिमण्डल हेरफेर गर्दा सल्लाह भएन, त्यसमा हाम्रो असहमति छ ।’
नेता यादवले आजको बैठकले सरकार र नेकपासँग विगतमा भएको सम्झौताहरुलाई कार्यान्वयन गराउन वार्ता समिति निर्माण गरिएको समेत बताए । त्यसमा पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईसहित चारजना रहेको बताए । वार्ता समितिले संविधान संशोधन लगायतका मुद्धामा छलफल गर्ने उनले बताए ।
यसअघि सो पार्टीबाट स्वास्थ्यमन्त्रीको रुपमा सरकारमा प्रतिनिधित्व गरिरहेका यादव सरकार पुनर्गठनपछि कानुन, न्याय तथा संसदीय मामला मन्त्रीको जिम्मेवारीमा रहेका छन् । सरकार पुनर्गठनका बेला यादव भारत भ्रमणमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण