लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ हरायो, इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले गोल गरे । क्रिस्टलका विलफ्रेड जाहाले गोल गरे ।
मानेले ४९औं मिनेटमा गोलगर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि जाहाले ८२औं मिनेटमा गोल गर्दै खेललाई बराबरमिा ल्याए । खेल सकिन पाँच मिनेट बाँकी छँदा फिर्मिनोले गोल गर्दै लिभरपुलको जित पक्का बनाए । जितसँगै शीर्ष स्थानमा रहेको लिभपुलले १३ खेलबाट ३७ अंक बनाएको छ ।
१५ अंक बनाएको क्रिस्टल १५औं स्थानमा छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको २९ अंक छ । शनिबार रातिनै भएको खेलमा लेस्टरले ब्राइटोनलाई उसैको मैदानमा २–० गोलले हरायो । लेस्टरको जितमा एओएन परेजले ६४औं र जिम भार्डीले ८२ औं मिनेटमा गोल गरेका थिए । लेस्टरसँग हारेको ब्राइटोन १५ अंक सहित १२औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण