सिटीले चेल्सीलाई २–१ गोलले हरायो
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा सिटीमाथि रोचक जित निकालेको छ । शनिबार राति भएका प्रतिस्पर्धात्मक खेलमा सिटीले चेल्सीलाई २–१ गोलले हरायो ।
घरेलु मैदानमा सिटीलाई जिताउन केभिन डि ब्रुयन र रियाद महारेजले गोल गरे । चेल्सीका एन्गोलो कान्टेले गोल गरे । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको थियो । खेलमा सुरुवाती अग्रता चेल्सीले लिएका थियो । २१औं मिनेटमा कान्टेले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर, चेल्सीको अग्रता लामो समय टिकेन । २९औं मिनेटमा केभिन डि ब्रुयनले बराबरी गोल फर्काए ।
३७औं मिनेटमा रियाद महारेजले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । त्यही गोलनै सिटीको लागि निर्णायक बन्यो । दोस्रो हाफमा दुवै टोलीले मौका पाएपनि गोल गर्न सकेनन् । जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट २८ अंक बनाएको छ । २६ अंक बनाएको चेल्सी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३७ अंक पुगेको छ ।
प्रिमियर लिगमा शनिबार राति भएको अन्य खेलमा वल्भ्सले बर्नमाउथलाई २–१, नर्विच सिटीले एभर्टनलाई २–० र बर्नलीले वाटफोर्डलाई ३–० गोलले हराएको छ । अर्को खेलमा आर्सनल र साउथह्याम्पटन २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण