समाजवादी पार्टीको चुनावी र्यालीमा, ६ अर्बको डमी वाइडबडी ! (तस्बिर)
पोखरा । समाजवादी पार्टीले आइतबार कास्की–२ मा चुनावी प्रचारका क्रममा वाइडबढी विमान खरिद अनियमितताको प्रसंग उठाएको छ । चुनावी सभाअघि निकालिएको -यालीमा समाजवादीका कार्यकर्ताहरुले वाइडबडी विमानको प्रतीकात्मक (डमी) पोस्टरसहित प्रदर्शन गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको उपनिर्वाचन अन्तर्गत कास्की–२ लाई प्रमुख राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्तारुढ नेकपाले सो क्षेत्रमा पूर्वमन्त्री रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । हेलिकप्टर दुर्घटनामा रविन्द्रको निधन भएपछि रिक्त उक्त सिटमा उनकै पत्नी विद्याले नेकपाको तर्फबाट उम्मेदवारी दिएकी हुन् । वाइडबडी प्रकरणमा स्व. अधिकारीको समेत नाम जोडिएको थियो । त्यसैले पनि समाजवादी पार्टीले चुनावी मुद्दाका रुपमा वाइडबडीलाई अघि सारेको जानकारहरु बताउँछन् ।
चुनावी प्रचारका क्रममा आइतबार समाजवादी पार्टीले आयोजना गरेको चुनावी सभामा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव पनि उपस्थित छन् ।
चिप्लेढुंगाको मानवअधिकार चोकबाट निस्केको चुनावी -याली नयाँबजार हुँदै पृथ्वीचोकमा आएर सभामा परिणत भएको छ । समाजवादीको यो ¥यालीमा वाइडबडीको ६ अर्ब घोटाला प्रकरणलाई व्यंग्य गर्दै ‘वाइड बडी’ जस्तै देखिने कागजको विमानमा ‘वाइडबडीको ६ अर्ब’ लेखेर प्रदर्शन गरिएको थियो ।
यस्तै, एनसेलको कर प्रकरण, निर्मला प्रकरण लगायतका सरकारका थुप्रै असफलता देखिने पम्पलेट हातमा लिएर समाजवादीले सरकारलाई व्यंग्य गरेको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण