प्राज्ञिक सहकारीकर्मीको आवश्यकता छ: मन्त्री अर्याल
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले दक्ष सहकारीकर्मीको आवश्यकतामा जोड दिएका छन् । सहकारी शिक्षाको लागि पाठ्क्रम विकास गर्न अन्तर्राष्ट्रिय गठबन्धन एशिया प्रशान्त समितिले आयोजना गरेको गोष्ठीलाई सोमबार सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारीको सिर्जना गरी अर्थतन्त्रलाई योगदान पु¥याउने महत्वपूर्ण क्षेत्र सहकारी भएकाले क्षमतावान प्राज्ञिक सहकारीकर्मीको आवश्यकता रहेको बताएका थिए ।
उनले नेपालमा ३५ हजार सहकारी रहेको तर सहकारी शिक्षाको पाठ्क्रम विकास नहुँदा युवाहरुलाई सहकारीमा आकर्षित गर्न नसकिएको पनि बताए । सरकारले १५ औं योजनामा वार्षिक १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसलाई पुरा गर्न सहकारीमार्फत् व्यवसायीक कृषिको प्रबन्ध मिलाइएको बताए । उनले सरकारको लक्ष्यहरु प्राप्त गर्नसमेत समयसापेक्ष सहकारी सम्बन्धी पाठ्यक्रमको विकास गर्नुपर्ने बताए ।
‘राष्ट्रिय सहकारी नीति २०६९’ ले सहकारी शिक्षालाई माध्यमिक, उच्च माध्यमिक तथा उच्च शिक्षाको पाठ्यक्रममा समावेस गर्ने नीति लिएको छ । तर सरकारले अहिलेसम्म सहकारी शिक्षा पाठ्क्रमको विकास गर्न भने सकेको छैन् । त्यसैले समयसापेक्ष पाठ्यक्रमको विकासका लागि ठोस निचोड निकाल्न गोष्ठी सफल हुने मन्त्री अर्यालको विश्वास थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने
-
मुख्यमन्त्रीको कार्यालयका उपसचिवविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता
-
०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो : विप्लव
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
-
बत्तीसपुतली घटना : बाटोमा हिँड्दा ठोक्किएको निहुँमा हत्या
-
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी