महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान
काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले खेलाडीहरुलाई जनही ३ लाख नगद प्रदान गरेका थिए भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सो टोलीले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेर नेपालको खेल क्षेत्रको सानलाई अझै माथि उठाउने विश्वास व्यक्त गरे । उनले मुलुकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु¥याउने गरी नेपाली खेलाडीहरुले साग प्रतियोगिताको तयारी गरिरहेको पनि बताए ।
सरकारले बंगलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनही ३ लाखका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो । गत कात्तिक २८ गते भएको फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो । महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराबाट लागुऔषधसहित एक महिला पक्राउ
-
२ दिनभित्र सबै आयोजनाको प्रगति विवरण पेस गर्न गण्डकीका मुख्यमन्त्रीको निर्देशन
-
नबिल डिवेन्चर निष्कासनका लागि नेपाल एसविआई मर्चेण्टलाई बिक्री प्रबन्धक नियुक्त
-
नक्कली लाइसेन्स प्रकरणमा थप ६ जना पक्राउ
-
खेती खोलाको अवैध संरचना हटाउन ३५ दिने उर्दी
-
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन–७ च्याम्पियन