बर्नाडको प्रहार आत्मघाती गोलमा परिणत भएपछि डुब्यो युनाइटेड
डी सोन बर्नाडको प्रहार आत्मघाती गोलमा परिणत भएपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा काजकस्तानको क्लब एफसी एस्तानासँग नमिठो हार खेपेको छ ।
एस्तानाको घरेलु मैदानमा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेड एस्तानासँग २–१ गोलले पराजित भयो । युनाइटेडले सुरुवाती अग्रत जोगाउन नसक्दा हार खेपेको थियो । युनाइटेडले १०औं मिनेटमा जेसे लिङ्गार्डको गोलबाट अग्रता लिएको थियो । एस्तानाले ५५औं मिनेटमा बराबरी गोल फर्कायो । एस्तानाका दिमित्री सोमकोले गोल गरे । त्यसपछि ६२औं मिनेटमा युनाइटेडका डी सोन बर्नाडको प्रहार आत्मघाती गोल भएको थियो । विपक्षी रुकाभिनाको क्रस बललाई क्लियर गर्ने क्रममा बर्नाडको प्रहार आफ्नै पोस्टमा छिरेको थियो । त्यसपछि गोल गर्न नसक्दा युनाइटेड हार खेप्न बाध्य बन्यो ।
हारेपनि समूह ‘एल’ को शीर्ष स्थानमा रहेको युनाइटेडले पाँच खेलबाट १० अंक बनाएको छ । पहिलो जित निकालेको एस्ताना तीन अंक सहित अन्तिममा छ । यही समूहको अर्को खेलमा एजेट अल्कामार र पार्टीजान वियोग्राडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै नौ अंक बनाएको अल्कामार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको वियोग्राडले पाँच अंक बनाएको छ ।
यसैगरी समूह ई को खेलमा आर्सनल घरेलु मैदानमा जर्मन क्लब इन्ट्रयाच फ्रान्कफर्टसँग २–१ गोलले पराजित भएको छ । पियरिक एम्रिक अबुमियाङले ४५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ५५औं मिनेटमा इन्ट्रयाचका दची कामडाले बराबरी गोल फर्काए । ६४औ मिनेटमा दची ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई हराएका थिए । हारेपनि आर्सनल पाँच खेलबाट १० अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । नौ अंक बनाएको इन्ट्रयाच फ्रान्कफर्ट दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण