वैज्ञानिकहरुको अहिलेसम्मका सिद्धान्तहरुलाई फेल खुवाउने भीमकाय ‘ब्ल्याक होल’ आकाशगङ्गामा भेटियो
एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो भीमकाय ‘ब्ल्याक होल’ फेला परेका छन्, जुन उनीहरुको सिद्धान्तअनुसार त्यो अस्तित्वमा नै हुनुहुँदैन ।
उक्त ब्ल्याक होल एउटा ‘स्टेलर ब्ल्याक’ होल हो । यस्तो ब्ल्याक होल ठूलो ताराको मृत्युपश्चात विस्फोट भएर पैदा हुन्छ ।
यसअघि यस्ता ब्ल्याक होलको आकार अधिकतममा हाम्रो सूर्यभन्दा २० गुणा ठूलो मात्र हुने अनुसन्धानकर्ताहरुको विश्वास रहेको थियो । ताराहरु मरेपछि हुने विष्फोटमा उनीहरुले आफ्नो धेरै जसो तŒव र ग्यास गुमाउने हुँदा ब्ल्याक होलको आकार धेरै ठूलो नहुने उनीहरुको सिद्धान्त रहेको थियो ।
यो सिद्धान्तलाई हालै फेला परेको ब्ल्याक होल एलबी–वानले असत्य प्रमाणित गरिदिएको छ ।
हाम्रो पृथ्वीभन्दा १५ हजार प्रकाश वर्ष टाढा रहेको उक्त ब्ल्याक होलको आकार हाम्रो सूर्यभन्दा ७० गुणा ठूलो रहेको चिनियाँ एकाडेमी अफ साइन्सद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा भनिएको छ ।
चिनियाँ अनुसन्धानकर्ताहरुले आफ्नो खोजलाई ‘द नेचर’ जर्नलमा प्रकाशित गरेका छन् ।
‘स्टेलर एभोलुसनबारे अहिलेको अधिकांश सिद्धान्तअनुसार यत्रो ठूलो आकार भएको ब्ल्याकहोल हाम्रो आकाशगङ्गामा अस्तित्वमा नै नहुनुपर्ने हो,’ यो खोज गर्ने टोलीका प्रमुख लिउ जिफेङले भने, ‘एलबी–वानको आकार हामीले सम्भाव्य ठानेकोभन्दा दुई गुणा ठूलो रहेको छ । अब सिद्धान्तवादीहरुका अगाडि यसको निर्माणलाई व्याख्या गर्ने चुनौति आएको छ ।’
एलबी–वानको आकार कसरी यत्रो ठूलो भयो भनेर वैज्ञानिकहरु यतिबेला आश्चर्यचकित छन् ।

साङ्केतिक तस्बिर
यता, चिनियाँ टोलीले यसबारे विभिन्न सम्भावित सिद्धान्तहरु अगाडि सारेको छ । टोलीका अनुसार एलबी–वानको आकारले यो एउटामात्र तारा मरेपछि बनेजस्तो देखिँदैन बरु त्यो एकअर्का वरीपरी घुमिरहेका दुईवटा स–साना ब्ल्याक होल हुनसक्छन् ।
उनीहरुले प्रस्तुत गरेको अर्को सम्भावनामा यो ‘फलब्याक सुपरनोभा’ बाट बनेको पनि हुनसक्छ । यसमा सुपरनोभा, विष्फोट भइरहेको ताराको अन्तिम चरण, ले तŒवहरुलाई बाहिर पठाए पनि त्यो फेरि त्यही सुपरनोभामा फर्कन्छ र ब्ल्याक होल बन्छ ।
यो फलब्याक सुपरनोभा सिद्धान्ततः सम्भव छ तर वैज्ञानिकरुले अहिलेसम्म यसलाई प्रमाणित वा देख्न सकेका छैनन् ।
यदी यही तरिकाले एलबी–वान बनेको हो भने हामीले पहिलो पटक यो प्रक्रियाको प्रमाण प्राप्त गर्नेछौँ, चिनियाँ अनुसन्धानकर्ताहरुको खोजमा भनिएको छ ।
यद्यपि, एलबी–वान हामीले पत्ता लगाएको अहिलेसम्मकै ठूलो ब्ल्याक होल भने होइन । यस प्रकारका ब्ल्याक होलमध्येमा चाहिँ यो अहिलेसम्म कै ठूलो हो ।
ब्रम्हाण्डमा विभिन्न प्रकारमा ब्ल्याक होल पाइन्छन्, त्यसमा एलबी–वानजस्ता स्टेलर ब्ल्याक होल साना आकारका ब्ल्याक होल हुन् ।
सुपरमासिभ ब्ल्याक होल निकै ठूला हुन्छन् । तिनीहरुको आकार हाम्रो सूर्यभन्दा अर्बौँ गुणा ठूला हुन्छन् । सुपरमासिभ ब्ल्याक होल आकाशगंगाहरुको उत्पतिसँग जोडिएको वैज्ञानिकहरुको विश्वास रहेको छ । तर, कुन, कसरी पहिला बन्छ भन्ने उनीहरु प्रष्ट भने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण