इराकी प्रधानमन्त्रीद्वारा राजिनामाको घोषणा
बग्दाद । इराकका प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गरेका छन् । उनले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजिनामा दिने घोषणा गरेका हुन् ।
‘मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा पेस गर्नेछु,’ उनले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ । इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।
पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए । –एएफपी/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर प्रतिद्वन्द्वीसँग जिल्लियो लिग लिडर पीएसजी, लम्बियो उपाधि यात्रा
-
इराकी टिकटक स्टारको गोली हानी हत्या
-
लगानी सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता, ३५० भन्दा धेरैको उपस्थिति
-
‘फर्की फर्की’को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स
-
हमासले अपहरण गरेका दुई जनाको नयाँ भिडियो सार्वजनिक
-
सतलज जलविद्युत निगमले भन्यो – नेपाल लगानी मैत्री मुलुक