शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा उपनिर्वाचनका लागी मतदान जारी, मतदाता उत्साहित

शनिबार, १४ मङ्सिर २०७६, ०९ : ३०
शनिबार, १४ मङ्सिर २०७६

पाँच नम्बर प्रदेशमा एक प्रदेशसभा र ८ वडाहरुमा उपनिर्वाचनका लागी मतदात जारी रहेको छ । प्रदेशको धेरैको ध्यान खिचेको दाङ क्षेत्र नम्बर ३ (ख) मा  बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । 

बेलुका ५ बजे सम्म मतदानको समय रहेको छ ।

दाङमा प्रदेशसभा सदस्य पदको लागि दाङ ३ ख र वडा अध्यक्ष पदको लागि घोराही–१६ मा उपनिर्वाचन भइरहेको हो । ३४ मतदान केन्द्रमा मतदान हुँदैछ ।

७३ हजार १७२ जना मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । प्रदेशसभा सदस्यका लागि नेकपाबाट बिमला खत्री ओली र नेपाली कांग्रेसबाट केशव आचार्यको बिचमा कडा प्रतिस्पर्धा छ । प्रदेशसभा सदस्यमा निर्वाचित उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्रमा मतदान हुन थालेको हो ।

यस्तै, घोराही–१६ मा पनि अध्यक्ष लक्षिण बुढामगरको उपचारको क्रममा मृत्यु भएको थियो । यस चुनावमा नेकपा आफ्नो विरासत जोगाउने पक्षमा छ भने नेपाली कांग्रेस नेकपाको विरासत भत्काउने पक्षमा छ । यस्तै प्युठानमन तीनबाट वडा र अर्घाखाँचीको मालरानी , लगायतका स्थानमा  मतदान शुरु भएको जनाएको छ ।

बिहान ७ बजेदेखि जारी मतदान प्रकृया बेलुका ५ बजेसम्म चल्ने छ ।  दाङको प्रदेशसभा सदस्यलाई निवाचित गराउन ६८ हजार ७ सय १९ जनाले मतदान गर्ने छन् भने घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष चुन्नका लागि ४ हजार ४ सय ५३ जनाले भोट हाल्ने छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सहज गराउन साढे सात सय कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालन भएका छन् ।
प्रदेशसभा सदस्य तर्फ १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जना प्रतिस्पर्धामा छन् भने घोराही १६ मा ५ राजनीतिक दल र २ स्वतन्त्र गरी सातजनाले वडा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका छन् ।

मुख्य निर्वाचन कार्यालयले ढुक्क भएर सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेको छ । दुई स्थानमा ३४ मतदान स्थल र ८२ केन्द्रमा बिहानैदेखि मतदाताहरुको लाईन लामो रहेको दाङमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप