मन्दिर नजिकै महिलाको जलेको शव भेटियो, ४८ घण्टाभित्र यो दोस्रो घटना
भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानकारी दिएका थिए । यद्यपि, मानिसहरुले आगो निभाउने कोसिस गरे तर उनीहरु असफल भए ।
पुलिसले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘प्राथमिक रुपमा शव कुनै ३०–३५ वर्षीया महिलाको जस्तो लागिरहेको छ । उनको पहिचान अझै हुन बाँकी छ । शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल पठाइएको छ ।’
घटनाको थप अनुसन्धान भइरहेको रेड्डीले बताएका छन् । महिलाले आफैंलाई आगो लगाएकी हुन् वा उनको कसैले हत्या गरेको हो यसबारे अनुसन्धानका लागि थुप्रै समूह संलग्न भएको रेड्डीले बताए ।
पुश चिकित्सकमाथि सामूहिक बलात्कार, त्यसपछि जिउँदै जलाइयोः
रंगा रेड्डी जिल्लाको शादनगर इलाकामा बुधबार एक पशु चिकित्सक हराएकी थिइन् । बुधबार रातीदेखि बिहिबार बिहानसम्म डाक्टरमाथि सामुहिक बलात्कार भयो । त्यसपछि उनलाई २० किलोमिटर टाढा लगेर आगो लगाइयो । शुक्रबार घटना चर्चामा आयो । चार संदिग्धलाई पक्राउ पनि गरिएको छ । उनीहरु ट्रक ड्राइभर र क्लिनर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
