बाल सुधारगृहबाट फरार भएका दुई प्रतिवादी पक्राउ
मोरङ । बाल सुधारगृह बिराटनगरबाट मंसिर ९ गते फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त प्रहरी टोलीले १८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।
१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।
बाल सुधार गृहमा रहेका दुवै प्रतिवादीहरू फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण