१३ औँ सागको भव्य उद्घाटन, ३५ तस्बिरमा हेर्नुहोस्
-सुवास श्रेष्ठ र कृष्ण खड्का
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ ।
दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् ।

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो। सातवटै देशका खेलाडीको मार्चपासबाट सुरु भएको उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिएका थिए ।

सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्यान्डले छुट्टै प्रस्तुती पनि रहेको थियो ।

उद्घाटन समारोहमा आतासबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन सत्रलाई थप रोमाञ्चक बनाएको थियो ।
पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाएका थिए ।
































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण