मुख्यमन्त्री राईद्वारा दुई ठुला आयोजनाको शिलान्यास
आइतबार, १५ मङ्सिर २०७६, २३ : १९
भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५ औं जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आज शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताए । बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ’ उनले भने । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उनले आग्रह गरे । स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताए । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण