मुख्यमन्त्री राईद्वारा दुई ठुला आयोजनाको शिलान्यास
आइतबार, १५ मङ्सिर २०७६, २३ : १९
भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५ औं जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा षडानन्द बहुउद्देशीय धर्मशालाको आज शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताए । बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ’ उनले भने । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उनले आग्रह गरे । स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताए । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्