आफ्नै अनुयायी बलात्कारको आरोपमा सिद्धबाबा आईसीयूबाटै पक्राउ
सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरिएको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिए ।
उनलाई इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ । प्रवक्त शर्माले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
सोमबार बिहानै भक्तजनसँग पूनः भेटघाट सुरु गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रवक्त शर्माल बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण