नेटोबारे म्याक्रोँको भनाई अपमानजनक: अमेरिकी राष्ट्रपति ट्रम्प
लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन् । फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान् अवस्थामा निष्कृय (ब्रेन डेड) रहेको बताएका छन् ।
उत्तर एट्लान्टिक गठबन्धनमा २९ उत्तर अमेरिकी तथा यूरोपलगायतका मुलुकको अन्तरसरकारी सैन्य सहकार्य रहँदै आएको छ । ‘म्याक्रोँले टर्कीद्वारा सिरियामा केही समय पहिला गरिएको सैन्य कारबाहीमा नेटो सदस्यबीच समन्वयको अभाब भएको भन्दै नेटोको आलोचना गर्नुभएको अलजजिरा टेलिभिजनले समाचार प्रशारण गरेको थियो ।
लण्डनमा नेटो महासचिब जेन्स स्टोलटेनबर्गसँग बोल्दै ट्रम्पले नेटोबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोँको राय ‘अन्य धेरै शक्तिमाथिको अपमानजनक’ अभिव्यक्ति भएको टिप्पणी गरे । अमेरिकाले अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिराखेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनले सैन्य गठबन्धन धेरै ‘लचिलो’ भएको र ‘बृहद् लक्ष्य’का लागि काम गरेको बताए ।
गठबन्धनको ७० औँ बर्षगाँठ मनाउन विश्व नेताहरू बेलायतको राजधानी लण्डनमा भेला भएका समय ट्रम्पको उक्त भनाई आएको हो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण