सागमा आज १६ खेल हुँदै
बुधबार, १८ मङ्सिर २०७६, १० : ०६
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ ।
जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य खेल काठमाडौँमा हुनेछ ।
पुरुष फुटबलमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः०० बजे श्रीलंकासँग खेल्दै छ । सागको तेस्रो दिनसम्म नेपाल पदक तालिकामा २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारतले १९ स्वर्णसहित नेपाललाई पछ्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण