समस्यामा अल्झिएको प्युठान जिल्ला अस्पताल
प्यूठान । जिल्ला अस्पताल बिजुवारमा पुग्ने बिरामीले लामो समयदेखि उपचार सेवा पाउन सकेका छैनन् । अस्पतालमा डाक्टर र औषधीको अभावमा गाउँगाउँबाट उपचारका लागि पुग्ने विरामीले उपचार सेवा पाउन नसकेका हुन् ।
सरकारी अस्पतालबाट निःशुल्क उपचार पाउने भन्दै गाउँ गाउँबाट विरामी अस्पताल पुग्ने गरेपनि पछिल्लो समय सेवा नपाउँदा समस्यामा पर्ने गरेका छन् । दरवन्दी अनुसारका डाक्टरको रिक्तताका कारण उपचार सेवा प्रभावित भएको अस्पत्तालमा आर्थिक अख्तियारी समेत नहुँदा समस्या वढ्दै गएको हो ।
लामो समयदेखि अस्पतालमा अधिकार प्राप्त व्यक्ति नहुँदा प्रभावकारी सेवा दिन नसकेको निमित्त प्रमुख खिमप्रसाद पार्धेले बताए । “असार मसान्तपछि औषधि खरिद प्रक्रिया समेत रोकिएको छ” निमित्त प्रमुख पार्धेले भने, “अधिकार प्राप्त प्रमुख नहुँदा सेवा नै ठप्प हुने अवस्थामा छ ।” अस्पतालमा सामान्य औषधिदेखि केमिकल नहुँदा ल्याव सेवा संचालनमा समेत समस्या बढ्दै गएको उनको भनाइ छ ।
अस्पतालमा औषधि नहुँदा स्वास्थ्य बीमा गराएका विमितहरुले समेत औषधि पाउन सकेका छैनन् । बीमा कार्यक्रमले दिनप्रतिदिन विरामीको चाप अस्पतालमा बढाएपनि औषधी र उपचार नपाउँदा विरामी आक्रोशित हुने गरेका छन् । “डेढ महिना देखि अस्पतालवाट औषधि पाएको छैन,” उपचारका लागि प्यूठान अस्पत्ताल आएका प्यूठान नगरपालिका १० मरन्ठानाका केशव खड्काले भने, “बिमा कार्ड झोलामा राखेर मेडिकलवाट औषधी किन्नु परेको छ ।” डाक्टरको सल्लाहा अनुसार नियमित रक्तचाँपको औषधि खादै आएको उनले बताए ।
गत माघ महिनामा अस्पताल प्रमुख अच्यूत कार्कीको सरुवा भए पछि अस्पताल कार्यालय प्रमुखविहीन बनेको छ । कार्कीको सरुवापछि डा. शेषराज घिमिरेले निमित्त प्रमुख भएर नियमित सेवा तथा प्राशनिक काम संचालन गरे पनि पछिल्लो समय समस्या भएको हो ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट सहित १५ जना डाक्टरको दरबन्दी रहेपनि हाल पाँच जना मात्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण