अफगानिस्तानमा सहायता एजेन्सीका ५ जनाको हत्या, जापानी चिकित्सक मारिए
जलालावाद । अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ । उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ ।
अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । उक्त शहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए । जलालावाद शहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएका उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् ।
नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार उक्त सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिहरुले गोली हानेका थिए । त्यस हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले जानकारी दिए । उनले भने– ‘बुधबार बिहान भएको यस हमलाको बारेमा अनुसन्धान थालिएको छ र यस विषयको थप सूचना जानकारी गराइने छ ।’
अफगानिस्तानमा कृषि र सिञ्चाइका क्षेत्रमा काम गरिरहेको संस्था पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि उक्त हमला भएको हो । सो संस्था अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहायतामा अफगानिस्तानमा सञ्चालनमा रहेको छ । उक्त संस्थाका निर्देशक गोली लागेर घाइते भएका छन् ।
मङ्गलबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलबाट केही पूर्वतर्फ रहेको क्षेत्रमा अज्ञात बन्दुकधारीहरुले गोली हानी यहाँको गुप्तचर निकायका दुई अधिकारीको हत्या गरेका थिए । त्यसक्रममा गोली लागेर अरु पनि केही व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सो क्षेत्रमा गत हप्ता पनि अरु केहीको हत्या गरिएको थियो ।
यी हत्याहरुको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूह या व्यक्तिले लिएका छैनन् । तर पनि अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुले नै यस्तो हमला गर्ने गरेकोले यी पछिल्ला हत्यामा पनि तिनै समूहको नै हात रहेको अनुमान प्रहरीले गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण