पोल्याण्डमा ग्यास विस्फोट, चारको मृत्यु
बिहीबार, १९ मङ्सिर २०७६, १५ : २८
वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटका कारण एउटा घर भत्किएपछि चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ ।
यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको यस घरमा आठ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ । –एएफपी/Photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्क र वार्ता सँगै जान सक्दैन
-
आईपीएल मे १७ बाट फेरि सुरु हुने, यस्तो छ तालिका
-
दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र