नेटो सम्मेलनमा अल्बानियाका प्रधानमन्त्रीद्वारा सहयोगको आह्वान
टिराना । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गरेका छन् । लन्डनमा डिसेम्बर ३ र ४ मा जारी रहेको नेटो सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन्।
अल्बानियामा गत नोभेम्बर २६ मा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । पूर्वी युरोपको तुलनात्मक रुपमा कमजोर राष्ट्र अल्बानियालाई मद्दत गर्न प्रधानमन्त्री रामाले नेटो आबद्ध मित्र एवं सहकर्मी, राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
नेटो शिखर सम्मेलन लगत्तै प्रधानमन्त्री रामा इटाली प्रस्थान गर्न लागेका छन् । अल्बानिया सरकारले वित्तीय सहयोग र विज्ञ सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको छ । अल्बानियासामु यतिठूलो विनाशलाई सम्बोधन गर्ने क्षमता नरहेको पनि सरकारले जनाएको छ ।
अल्बानियाका रक्षा मन्त्री ओल्टा झाकाले पनि सोमबार भूकम्पबाट भएको भौतिक क्षति साँच्चिकै भयानक रहेको बताएका छन् ।प्रारम्भिक विवरण अनुसार भूकम्पबाट करिब सात हजार ९०० घरहरु क्षतिग्रस्त भएका छन् । करिब ६.४ म्याग्नीच्यूडको उक्त भूकम्पबाट ५१ जनाको ज्यान गएको थियो । –एएनआई/Photo: albaniandailynews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण