एकान्तकुनमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु
बिहीबार, १९ मङ्सिर २०७६, २२ : ३५
काठमाडौं । ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् ।
तीब्र गतिमा रहेको ब८७प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना८ख२८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार स्कुटर चालक २४ वर्षीय पावल साउद हुन भने महिलाको पहिचान भएको छैन् ।
स्कुटरमा सवार उनीहरुको उपचारको क्रममा बीण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त मिश्रले जानकारी दिए ।
प्रहरीले प्यूठान गौमुखी गाउँपालिका–२ घर भएका ४५ वर्षीय ट्रक चालक नरेन्द्र बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण