आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का
इङ्लिस प्रिमियर लिग फुटबलको चर्चित टोली आर्सनललाई घरमै ब्राइटनको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनल घरेलु ब्राइटनसँग २–१ गोलले पराजित भयो ।
आर्सनलको पछिल्ला पाँच खेलमा आर्सनलले जित निकाल्न सकेको छैन । पाँच खेलमा आर्सनलले तीन हार र दुई बराबरी खेपेको छ । ब्राइटनको जितमा एडम वेब्सटर र निल मोउपेले गोल गरे । आर्सनलका अलेक्सान्ड्रे लाकाजेट्टीले एक गोल फर्काएका थिए । एडमले ३६औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । ५०औं मिनेटमा लाकाजेट्टीले मेसुट ओजिलको पासमा गोलगर्दै खेललाई बराबरीमा ल्याए ।
८०औं मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई जिताएका थिए । हारसँगै आर्सनल १०औं स्थानमा छ । आर्सनलले १५ खेलबाट १९ अंक बनाएको छ । १३औं स्थमानमा रहेको ब्राइटनको १८ अंक छ ।
अर्काे खेलमा न्यु क्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । न्यु क्यासलका एलन सेन्ट म्याक्सिमिन १५औं र जोन्जो सेल्भेले ७०औं मिनेटमा गोल गरे । जितसँगै १९ अंक बनाएको न्यु क्यासल ११औं स्थानमा छ । १९ अंक बनाएको सेफिल्ड नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण