सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्री
काठमाडौं। सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री भएको छ। बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राना अधिकारीले सबै ऋणपत्र बिक्री भएको जानकारी दिइन्।
बैंकले गत कात्तिक २० गतेदेखि सर्वसाधारणको लागि एक अर्ब २० करोड रुपैयाँ निष्काशन गरेको थियो। ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन मिल्ने वयवस्था मिलाइएको थियो ।
जसमा १ हजार ६ सय सर्वसाधारण आवेदकले ४ लाख ७१ हजार ७८३ कित्ताको लागि आवदेन दिएका थिए।
प्राइभेट प्लेसमेन्टबाटै दुई अर्ब ५२ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न सफल भएको हो।
बैंकले १०.२५ प्रतिशत ब्याजदरमा २०८३ सम्मको अवधिका लागि ऋणपत्र निष्काशन गरेको थियो।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि पूँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्दै पर्ने व्यवस्था गरेको छ। यो ऋणपत्र बिक्री भएसँगै नेपाल राष्ट्र बैंकको निर्देशन पनि पालना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण