महिला क्रिकेटमा नेपालले जित्यो कास्य पदक
पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।
तेस्रो स्थानका लागि शनिबार पोखरामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक सुनिश्चित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोडेर आफ्ना सबै विकेट गुमाएको थियो । माल्दिभ्सको खातामा जोडिएको ८ रनमध्ये १ रनमात्र ब्याटमार्फत आएको थियो । बाँकी ७ रन उसले नेपाली बलरबाट अतिरिक्त रनका रुपमा पाएको हो ।
माल्दिभ्सका लागि अइमा ऐशाथले एक रन हासिल गर्दा अन्य कसैले पनि रनको खाता खोल्न सकेनन् ।
नेपालका लागि अञ्जली चन्दले सर्वाधिक ४ विकेट लिइन् । उनी प्लेयर अफ दि म्याचसमेत भइन् । यस्तै, सीता राना मगर र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले एक–एक विकेट हात पारे ।
९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले दोस्रो ओभरको पहिलो बलमै जित हासिल गरेको हो । नेपालको जितमा रोमा थापाले ५ र काजल श्रेष्ठले दुई रनको योगदान गरे । नेपालले दुई अतिरिक्त रन वाइडमार्फत पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण