सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटमा नेपालले जित्यो कास्य पदक

शनिबार, २१ मङ्सिर २०७६, १३ : ४५
शनिबार, २१ मङ्सिर २०७६

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

तेस्रो स्थानका लागि शनिबार पोखरामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै कास्य पदक सुनिश्चित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको माल्दिभ्सले ११ ओभर ३ बलमा ८ रन जोडेर आफ्ना सबै विकेट गुमाएको थियो । माल्दिभ्सको खातामा जोडिएको ८ रनमध्ये १ रनमात्र ब्याटमार्फत आएको थियो । बाँकी ७ रन उसले नेपाली बलरबाट अतिरिक्त रनका रुपमा पाएको हो ।

माल्दिभ्सका लागि अइमा ऐशाथले एक रन हासिल गर्दा अन्य कसैले पनि रनको खाता खोल्न सकेनन् ।

नेपालका लागि अञ्जली चन्दले सर्वाधिक ४ विकेट लिइन् । उनी प्लेयर अफ दि म्याचसमेत भइन् । यस्तै, सीता राना मगर र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले एक–एक विकेट हात पारे ।

९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले दोस्रो ओभरको पहिलो बलमै जित हासिल गरेको हो । नेपालको जितमा रोमा थापाले ५ र काजल श्रेष्ठले दुई रनको योगदान गरे । नेपालले दुई अतिरिक्त रन वाइडमार्फत पाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप