१९७४ एडीको ‘माया बिसाउने’ को भिडियो सार्वजनिक
आइतबार, २२ मङ्सिर २०७६, १२ : ५०
नेपालमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ब्यान्ड १९७४ एडीको ‘माया बिसाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
ब्यान्डको नयाँ एल्बम ‘निरन्तरता’ मा समावेश यो गीतको भोकल, कम्पोजिसन, लिरिक्स ब्यान्डका मुख्य गायकमध्येका एक फिरोज स्याङ्देनको रहेको छ । गीतमा निराकर याकथुम्बाको बेस, एड्रियन प्रधानको भोकल, ड्रम र ब्लूज हार्प रहेको छ । यसका साथै मनोज कुमार केसीले गितार र किबोर्डमार्फत् संगीत भरेका छन् भने सञ्जय श्रेष्ठको पर्कसन र ब्याक भोकल रहेको छ ।
गीतको रेकर्ड काठमाडौं ज्याज कन्जर्भेटरी क्याटज्याज रेकर्डस्मा भएको हो । यसलाई मनोज कुमार केसी र मंजिल विक्रम केसीले रेकर्ड गरेका हुन् ।
एल्बम सार्वजनिक भएलगत्तै यो गीतलाई धेरैले रुचाइरहेका छन् । गीतको भिडियो प्रतिक्षा गरिरहेकाहरु निकै उत्साहित भएका छन् । यसमा निकै राम्रा कमेन्टको वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण