सागको समापन समारोह हेर्न आउने दर्शकहरुलाई ट्राफिक प्रहरीको विशेष अनुरोध
सोमबार, २३ मङ्सिर २०७६, २१ : २१
काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाइनल गेम हेर्न आउनेहरुलाई शहिद गेटस्थित नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गरिदिन अनुरोध गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार सूचना जारी गरी साग हेर्न आउने दर्शकहरुलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी दिन अनुरोध गरेको छ । त्यसको विकल्पमा ट्राफिक प्रहरीले नेपाल आर्मी अफिसर्स क्लबको मूलगेट प्रयोग गर्न भनेको छ ।
साथै साग हेर्न आउने दर्शकहरुलाई आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडिको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन पनि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण