सागको समापन समारोह हेर्न आउने दर्शकहरुलाई ट्राफिक प्रहरीको विशेष अनुरोध
सोमबार, २३ मङ्सिर २०७६, २१ : २१
काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाइनल गेम हेर्न आउनेहरुलाई शहिद गेटस्थित नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गरिदिन अनुरोध गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार सूचना जारी गरी साग हेर्न आउने दर्शकहरुलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी दिन अनुरोध गरेको छ । त्यसको विकल्पमा ट्राफिक प्रहरीले नेपाल आर्मी अफिसर्स क्लबको मूलगेट प्रयोग गर्न भनेको छ ।
साथै साग हेर्न आउने दर्शकहरुलाई आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडिको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन पनि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री
-
ग्वार्कोमा फ्लाइओभरको काम तीव्र, तस्बिरमा हेर्नुहोस्
-
निर्माण कम्पनी कसरी पर्छन् कालोसूचीमा ?
-
हुन्डाईले नेपालमै सुरु गर्यो चारपाङ्ग्रे सवारीको एसेम्बल
-
चितवनको देवनगरमा सबस्टेसन सञ्चालनमा