‘छपाक’ ट्रेलरमा दीपिकाको यस्तो रुप
मुम्बई । अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘छपाक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । जसलाई केही युवकले एसिड अट्याक गर्छन् ।
१२ मिनेट १९ सेकेन्डको फिल्मको ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण रहेको छ । ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा समावेश एक डाइलग हो यो । फिल्ममा यस्ता मनछुने सम्वाद पनि छन् ।
फिल्मको अभिनय विषयमा दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि फिल्म राम्रो निस्कनेछ ।’ फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण