छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि ‘क्रिसमस मार्ट २०१९’हुने
काठमाडौं – क्रिसमस डे नजिकिँदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा ‘क्रिसमस मार्ट २०१९’ आयोजन हुने भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० को प्रबद्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसनको आयोजनमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुने जनाएको छ ।
उक्त कार्यक्रमको जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ । ठमेल स्थित छाँया सेन्टरमा आयोजना हुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ प्रस्त्ुति रहने आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले ले जनाएको छ ।
साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने छ । हरेक बर्ष डिसेम्बर २५ का दिनमा विश्वभर क्रिसमश डे मनाउने गरिन्छ । नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण