पीएसजीको सानदार जित, रियल पनि छानियो
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टर्किस क्लब गालाटासारेलाई ५–० गोलले हरायो । पीएसजी समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । यस समूहबाट स्पेनिस क्लब रियल म्यड्रिड पनि नकआउच चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा पीएसजीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । पीएसजीका लाथि केलियन एमबाप्पेले सानदार प्रदर्शन गरे । उनले एक गोल गर्नुका सार्थ दुई गोलका लागि सहयोग गरेका थिए । ३२औं मिनेट माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३५औं मिनेटमा पाब्लो सारवियाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
त्यसपछि ४७औं मिनेटमा नेयमारले तेस्रो गोल गरे । ६८औं मिनेटमा नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई थप बलियो बनाए । ८४औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए । जितसँगै समूहको शीर्ष स्थानमा रहेको पीएसजीले ६ खेलबाट १६ अंक बनायो ।
यस समूहबाट उपविजेता बनेको रियल म्यड्रिडले बुधबार राति भएको खेलमा क्लब ब्रगलाई उसैको मैदानमा ३–१ गोलले हरायो । जितसँगै रियलले ६ खेलबाट ११ अंक बनायो । तीन अंक बनाएको क्लब ब्रग र दुई अंक बनाएको गालाटासारे समूह चरणबाटै बाहिरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण