बायर्नसँग टोट्टनहाम पराजित
बिहीबार, २६ मङ्सिर २०७६, १० : २३
इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाम युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।
समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा टोट्टनहाम घरेलु टोली बायर्न म्युनिखसँग ३–१ गोलले पराजित भयो । बायर्नको जितमा किङ्सले कोमानले १४औं मिनेटमा खाता खोले । थोमस मुलरले ४५औ र फिलिप कोउटिन्होले ६४औं मिनेटमा गोल गरेका थिए ।
टोट्टनहामका लागि रायन सेसेग्ननले २०औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै बायर्न समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । हारेपनि समूह उपविजेता बन्दै टोट्टनहामले पनि नकआउट चरणमा स्थान बनाएको छ ।
बायर्नले ६ खेलबाट १८ अंक र टोट्टनहामले १० अंक बनाएको छ । यही समूहको अर्को खेलमा ओलम्पियाकोस र रेडस्टार बेलग्रेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । तर दुवै टोली समूह चरणबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण