धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो
काठमाडौं । साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ११.१७ अङ्कले बढेर एक हजार १७२.६४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४१ अङ्कले बढेर २५५.६० पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । आज कुल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर रु ७६ करोड ४० लाख २५ लाख २१३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अङ्कले घटेको छ । यस्तै बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बीमा ३३२.०४, जीवन बीमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढ्यो ।
कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड २८ लाख ५२ हजार ३१ मा खरिदबिक्री भयो । यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु चार करोड १० लाख ७० हजार ६२०, एनएमबी बैङ्कको रु तीन करोड ७६ लाख ५९ हजार ५४४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६६ लाख ५३ हजार ५४४, नेपाल बैंक लिमिटेडको रु दुई करोड एक लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ८६ लाख ३८ हजार २१६ मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । यस्तै साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए ।
स्टकका अनुसार आज सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतितले कमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण