होण्डाको नयाँ शोरुम अब भैरहवामा
काठमाडौं– होण्डा मोटरसाइकल स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले भैरहवामा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
कम्पनीले यही मंसिर २६ गते अञ्चलपुर भैरहवामा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ ।
भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेश्नलले संचालन गर्नेछ । वर्षौ देखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्रि वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ