होण्डाको नयाँ शोरुम अब भैरहवामा
काठमाडौं– होण्डा मोटरसाइकल स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले भैरहवामा नयाँ शोरुम संचालनमा ल्याएको छ ।
कम्पनीले यही मंसिर २६ गते अञ्चलपुर भैरहवामा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ ।
भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेश्नलले संचालन गर्नेछ । वर्षौ देखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्रि वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ ।
स्याकार ट्रेडिङ्ग कम्पनी ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण