राजपाले तदर्थ समितिको म्याद थप्यो
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ ।
राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ । राजपाले यसअघि यही मङ्सिर १५ गते सममको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको हो ।
साथै यही मङ्सिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थागित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत जनाएको छ । राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रुपमा लिएको छ । पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन । राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण