रोनाल्डोको दुई गोलसँगै युभेन्ट्स शीर्ष स्थानमा
आइतबार, २९ मङ्सिर २०७६, २३ : २०
एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले नवौं र ३७ औं मिनेटमा दुई गोल गरे । लियोनार्दो बुनिचीले ४५औं मिनेटमा एक गोल गरेका थिए ।
उडिनेसेका इग्नासिया पुसेट्टोले खेलको अन्तिममा सान्त्वना गोल फर्काएका थिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको युभेन्ट्सले १६ खेलमा ३९ अंक बनाएको छ । एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३८ अंक छ । युभेन्ट्ससँग पराजित उडिनेस १५ अंकसहित १६औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण