११ वर्षीया बालिकासँग जुत्ता थिएन, खुट्टामा ब्यान्डेज बाँधेर दौडिइन्ः जितिन् तीन स्वर्ण पदक
फिलिपिन्सकी ११ वर्षकी एथलिटको सफलता आजकाल सोसल मिडियामा भाइरल भइरहेको छ । उनले जुत्ता नलगाइकनै खुट्टामा ब्यान्डेज बाँधेर स्वर्ण पदक जितिन् । वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा अन्तर विद्यालय एथलिट्स मिटको आयोजना गरिएको थियो । यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाइकनै स्कूलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौडमा भाग लिइन् । यी तीनै खेलमा उनले स्वर्ण पदक जितेर सबैलाई अचम्मित पारिदिइन् ।
Thanks for the post. I was able to speak to Rhea and her adviser this morning. Thanks to those who messaged me also with her contact number. https://t.co/LKUYF0zyLo
— Jeff Cariaso (@thejet_22) December 11, 2019
रियाको यो सफलतालाई इलोइलो स्पोर्टस् काउन्सिल मीटका कोच प्रेडिरिक बी वेलेनजुएलाले सोसल मिडियामा सेयर गरे । पोस्टमा रियाले जुत्ता लगाएकी छैनन् । उनले जुत्ताको साटो खुट्टामा ब्यान्डेज बाँधिरहेको देख्न सकिन्छ । कोचका अनुसार उनीसँग जुत्ता थिएन । ब्यान्डेजमा नाइकी लेखिएको थियो ।
कोच प्रेडिरिक बी वेलेनजुएलाको पोष्ट भाइरल भएपछि सयौं प्रयोगकर्ताले रियाका लागि नयाँ जुत्ताको प्रस्ताव दिए । एक प्रयोगकर्ताले फोटो सेयर गर्दै बालिकाको मद्दतको लागि नाइकीलाई नै अग्रसर हुन आह्वान गरेका छन् । त्यसपछि एक बास्केटबल स्टोरका मालिकले ट्वीटर प्रयोगकर्तासँग एथलिटको नम्बर मागे र रिया बुलोससम्म मद्दत पुर्याए ।
प्रयोगकर्ताले गरे तारिफः
रियोका तस्बिर ट्वीटर र इन्स्टाग्रामसमेत अन्य सोसल मिडियो प्लेटफर्ममा पनि हज्जारौं पटक सेयर भएको छ जसमा प्रयोगकर्ताले रियाको साहसको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय