११ वर्षीया बालिकासँग जुत्ता थिएन, खुट्टामा ब्यान्डेज बाँधेर दौडिइन्ः जितिन् तीन स्वर्ण पदक
फिलिपिन्सकी ११ वर्षकी एथलिटको सफलता आजकाल सोसल मिडियामा भाइरल भइरहेको छ । उनले जुत्ता नलगाइकनै खुट्टामा ब्यान्डेज बाँधेर स्वर्ण पदक जितिन् । वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा अन्तर विद्यालय एथलिट्स मिटको आयोजना गरिएको थियो । यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाइकनै स्कूलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौडमा भाग लिइन् । यी तीनै खेलमा उनले स्वर्ण पदक जितेर सबैलाई अचम्मित पारिदिइन् ।
Thanks for the post. I was able to speak to Rhea and her adviser this morning. Thanks to those who messaged me also with her contact number. https://t.co/LKUYF0zyLo
— Jeff Cariaso (@thejet_22) December 11, 2019
रियाको यो सफलतालाई इलोइलो स्पोर्टस् काउन्सिल मीटका कोच प्रेडिरिक बी वेलेनजुएलाले सोसल मिडियामा सेयर गरे । पोस्टमा रियाले जुत्ता लगाएकी छैनन् । उनले जुत्ताको साटो खुट्टामा ब्यान्डेज बाँधिरहेको देख्न सकिन्छ । कोचका अनुसार उनीसँग जुत्ता थिएन । ब्यान्डेजमा नाइकी लेखिएको थियो ।
कोच प्रेडिरिक बी वेलेनजुएलाको पोष्ट भाइरल भएपछि सयौं प्रयोगकर्ताले रियाका लागि नयाँ जुत्ताको प्रस्ताव दिए । एक प्रयोगकर्ताले फोटो सेयर गर्दै बालिकाको मद्दतको लागि नाइकीलाई नै अग्रसर हुन आह्वान गरेका छन् । त्यसपछि एक बास्केटबल स्टोरका मालिकले ट्वीटर प्रयोगकर्तासँग एथलिटको नम्बर मागे र रिया बुलोससम्म मद्दत पुर्याए ।
प्रयोगकर्ताले गरे तारिफः
रियोका तस्बिर ट्वीटर र इन्स्टाग्रामसमेत अन्य सोसल मिडियो प्लेटफर्ममा पनि हज्जारौं पटक सेयर भएको छ जसमा प्रयोगकर्ताले रियाको साहसको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण